FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

स्थानीय स्तरमा विकास आयोजना  संचालनको प्रक्रिया निम्न अनुसार हुन्छ

१.उपभोक्ता समिति गठन |

२.उपभोता समिति संग योजना सम्झौता |

३.उपभोक्ता समितिको बैंक खाता खोल्ने |

४.काम सम्पन्न भए पछि योजना फरफारक को काम |

(क) नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी,
(ख) गाउँ विकास समितिको हकमा गाविस सचिव र गाविस सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी |

उत्तरः नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार लिइनेछ ।

उत्तरः सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्ष (श्रावण देखि आषाढ मसान्त सम्म) को मंसिर १५ भित्र सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका कार्यालयमा निवेदन दिनु पर्दछ । तर एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ।

उत्तरः नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ

  • > कर्णालीः ६० वर्ष पुगेको, दलितः ६० वर्ष पुगेको, अन्यः ७० वर्ष पुगेको
  • एकल महिला ->  विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको,  विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको
  • विधवा -> पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला
  • अपाङ्गता भएका-> पूर्ण अपाङ्गता भएका महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु, अति अशक्त अपाङ्गता भएकामहिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु
  • लोपोन्मुख आदिवासी÷जनजाती (बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु
  • बालबालिका -> पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका: कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका, देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका

 

बच्चा नेपालमा जन्मेको हो भने मिल्छ ।

१.वडा प्रतिनिधिको रोहबरमा योजनाको उपभोक्ता समिति गठन गर्ने |

२.योजना सम्झौताको लागि वार्ड कार्यालयको सिफारिस |

३.प्राबिधिक लागत इस्टिमेट |

४.योजना निर्माण उपभोक्ता समितिको छाप |

५ .योजना निर्माण उपभोक्ता समितिका अध्यक्षको निबेदन |

६.योजना उपभोक्ता समितिका पधाधिकारिको नागरिकताको प्रतिलिपी |

७.योजनाको सम्झौता पत्र |

उत्तरः पर्दैन । स्थानीय निकायले सम्बन्धित बैंकसँग समन्वय गरी शुन्य मौज्दातमा खाता खोलिदिनु पर्दछ । तर लाभग्राहीले आफ्नो खातामा थप सुविधाहरु लिन चाहेमा बैंकको नियमानुसार हुन्छ ।

 

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

  • निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
  • जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी |
  • बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी |
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
  • कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
  • प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी 

उत्तर : मिल्दछ । यसो गर्दा बालकको जन्म दर्ता गर्दा प्रमाणपत्रमा नेपाली राजदुतावास वा महावाणिज्य दुतावासले उपलब्ध गराएको Travel Document मा उल्लेखित विवरण (जस्तै जन्म स्थान, देश र जन्म मिति) उल्लेख गर्नु पर्दछ । यसबाहेक जन्म दर्ता प्रमाणपत्रमा विदेशी हो भने विदेशी र थाहा नभएको अवस्थामा थाहा नभएको उल्लेख गर्नु पर्दछ ।

Pages