समृद्ध चुरे, सुखी चुरे बासी

header AD
संक्षिप्त विवरण

चुरे गाँउपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । सहजपुर,निगाली, खैरला गा.बि.स. एकिकृत गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३/११/२८ गतेको निर्णय अनुसार चुरे गाउँपालिका घोषणा भई सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको उत्तरी सिमानामा अवस्थित छ ।  यस गाउँपालिकाको पुर्बमा कैलाली जिल्लाको माेहन्याल गाउँपालिका, पश्चममा आलिताल गाउँपालिका उत्तरमा बडिकेदार गाउँपालिका ,जेरायल गाउँपालिका र दक्षिणमा कैलाली जिल्लाको गोदावरी नगरपालिका रहेका छन । चुरे गाउँपालिकाको  कुल क्षेत्रफल  ४९३.१८ वर्ग कि.मि. रहेको छ ।यस गाउँपालिकामा जम्मा घरधुरी संख्या ३,४७८ रहेको छ ।

आधारभूत जानकारी
Sudur Pashchim
Kailali
गाउँपालिका
493.18 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 21400
Male 10729
Female 10671
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-28
Website https://churemun.gov.np/

Coordinates: 28.998926° N, 80.676154° E