FAQs Complain Problems

समाचार

चुरे गाउँपालिकाको परिचय

चुरे गाँउपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । सहजपुर,निगाली, खैरला गा.बि.स. एकिकृत गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३/११/२८ गतेको निर्णय अनुसार चुरे गाउँपालिका घोषणा भई प्रदेश नम्बर ७ अन्तरगत कैलाली जिल्लाको उत्तरी सिमानामा अवस्थित छ ।  यस गाउँपालिकाको पुर्बमा कैलाली जिल्लाको गौरी गंगा नगरपालिका, पश्चिममा बडिकेदार गाउँपालिका , उत्तरमा जेरायल गाउँपालिका र दक्षिणमा कैलाली जिल्लाको गोदावरी नगरपालिका रहेका छन । चुरे गाउँपालिकाको  कुल क्षेत्रफल  ४९३.१८ वर्ग कि.मि. रहेको छ ।यस गाउँपालिकामा जम्मा घरधुरी संख्या ३,४७८ रहेको छ । जसमा महिला ९,२३१,पुरुष ९,६९२ र जम्मा १८,९२३ मानिस बसो बास गर्दै आएका छन । यस गाउँपालिकामा वडा संख्या ६ ओटा छन।