FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा भत्ता कुन कुन वर्गका व्यक्तिहरुले पाउँछन् ?

उत्तरः नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ

  • > कर्णालीः ६० वर्ष पुगेको, दलितः ६० वर्ष पुगेको, अन्यः ७० वर्ष पुगेको
  • एकल महिला ->  विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको,  विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको
  • विधवा -> पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला
  • अपाङ्गता भएका-> पूर्ण अपाङ्गता भएका महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु, अति अशक्त अपाङ्गता भएकामहिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु
  • लोपोन्मुख आदिवासी÷जनजाती (बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु
  • बालबालिका -> पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका: कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका, देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका